प्रदेश

डुमरा-महाराजगञ्ज सडक सडक स्तारोन्नतीको चरणमा



कपिलवस्तु १८ चैत । १२ वर्ष अगाडी निर्माण भए पछि मर्मत संभार नहुदा जिर्ण भएको कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग देखी भारतिय सिमा जोड्ने सडक पुर्न निर्माण हुने भएको छ । बुद्धभुमी नगरपालिका ९ डुमरा चोक हुदै महाराजगन्ज नगरपालिका भएर भारतको सिमा जोडने सडक जिर्ण भएको एक दशक पछि पुर्न निर्माण हुन लागेको हो । लुम्विनी प्रदेश सरकारले २ वर्ष भित्र सक्ने गरी डिविएसटी प्रविधी मार्फत डवल लेन बनाउने गरी टेण्डर खुलाए पछि स्थानीय जनताले विकास हुन लागेको महसुस गरेका छन् । 

खासगरी प्रदेश सांसद दिर्घनारायण पाण्डेले मुख्यमन्त्री शंकर पोखरेललाई त्यो सडकको दुर्दशा देखाएपछि सडककालागि वजेट विनियोजन भएको हो । यो सडकल कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको डुमरा देखी भारतको सिमा सम्म पुग्ने सडक हो । सडक कालोपत्रे भएको  १२ वर्ष भन्दा वढि भएको छ । विचमा मर्मत संभारमा चासो नदिदाँ कालोपत्रे उप्किएर ठुला खाल्टा परेका छन । सवारी साधन हिड्न असुविधा भए पछि स्थानीयले ईटा उद्योगबाट निस्कीएका फुटेका इँटाले खाल्टो पुरेका छन् । 

ओटासिल प्रविधिबाट बनेको सडक निकै साघुरो समेत छ । संघिय सांसद बृजेश कुमार गुप्ता, लुम्विनी प्रदेश सरकारका सामाजिक विकास समिती सभापती दिर्घनारायण पाण्डे, बुद्धभुमी नगरपालिका, महाराजगन्ज नगरपालिकाको पहलमा उक्त सडक कालोपत्रे हुनका लागेको छ । कालोपत्रे गर्नका लागि लुम्विनी प्रदेश सरकारले २६ करोड रुपैयाको लागत अनुमान गरी टेण्डर आह्वान समेत गरेको छ । उक्त सडकले मधेसका भित्री भागलाई राजमार्गमा जोड्ने महत्वपुर्ण सडक समेत हो । स्थानीय कृषी उत्पादन लाई बजार सम्म पुराउन समेत यो सडकले सहयोग पुराउछ । भारतिय सिमा करैलिया सम्म पुग्ने सडक फराकिलो र कालोपत्रे काम यसै वर्ष देखी सुरु हुने छ  संघिय सांसद बृजेश कुमार गुप्ताले बताउनु भयो ।  

सडकको वस्ती रहेको क्षेत्रमा नालि समेत निर्माण हुने छ । डिपिआर बनाउने बेलामा डुमरा बजारको सुन्दरता बढाउने गरी २ सय मिटर दक्षिण डिभाइडर सहितको ब्युटी लेन हुने छ । व्युटी लेनले बजारको सुन्दरता समेत बढाउने छ बुद्धभुमी नगरपालिका वडा नं. ९ अध्यक्ष खुमानन्द न्यौपानेले बताउनु भयो ।लामो समय देखी सडक नबन्दा हिडँडुल गर्न समेत असहज भएको छ । स्थानीय नेता ईश्वर दयाल मिश्र भौतिक योजना राज्य मन्त्री भएको बेलामा सडक कालोपत्रे भएको थियो । त्यस पछि कसैको सडक विस्तारमा कसैको चासो परेको थिएन । यस भेगका जनता दैनिक रुपमा आवज जावत गर्ने गर्दछन् । सडकमा यात्रा गर्दा निकै समस्या परेको स्थानीयहरु बताउछन ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६