ब्रेकिंग न्युज

अस्पताल भित्रै डाक्टर नपाउँदा एकजना बिरामी को मृत्यु



बुटवल १८ चैत्र । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले अस्पताल भित्रै डाक्टर नपाउँदा एकजना बिरामी को मृत्यु भएको छ । बिगत सोमबार देखि अस्पताल भर्ना भएकी सैनामैना साालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको डाक्टर नपाएर मृत्यु भएको हो ।लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याईएकी उनलाई स्वास प्रश्वास लिन असहज भएपछि उनीहरुले डाक्टर कल गर्न भनेका थिए । मध्यराती अन्दाजी १ः५०मा डाक्टर कल गर्दा डाक्टर २ः४० मा मात्र डाक्टर बिरामी जाँच्न पुगेका थिए । ईमर्जेन्सीका ड्युटी अफिसर रुद्र कार्की समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको मृतकका श्रीमान सुर्यबहादुर बरालले बताउनुभयो ।

राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताउनुभयो । ‘२४ सै घण्टा डाक्टरको सुबिधा छ भनेर गरेको प्रचार हेरेर श्रीमतीलाई अस्पताल ल्याईयो अहिले डाक्टर नपाएर श्रीमतीको ज्यान गयो ।’ बरालले भन्नुभयो ।चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको कारण डाक्टरलाई कारवाही गर्न माग गर्दा अस्पतालका अध्यक्ष चिरन्जिवी जोशीले गोप्य कोठामा बसेर कुरा मिलाउन भनेको बरालले आरोप लगाउनुभयो । ‘मेरो जहान बितेको छ, म कोठामा बसेर कुरा मिलाउन चाहन्न, डाक्टरमाथि कारवाही हुने प¥यो ।’ बरालले भन्नुभयो ।

उता अस्पतालका अध्यक्ष जोशीले राती ११ बजे नै डाक्टरहरुले आईसीयूमा लैजान भन्दा बिरामीका आफन्त नमानेको बताउँछन् । ‘आवश्यकता अनुसार डाक्टरहरुले उपचार गरेकै हुन्, कोशिस गर्दा पनि बचाउन सकिएन ।’ जोशीले बताउनुभयो । ईमर्जेन्सीका डाक्टर कार्की कल गरेको ४३ मिनेट पछि अस्पताल पुगेको भने उनले स्विकार गरेका छन् ।सरकारी अस्पतालमा कडाईका साथ ड्युटी नहुने भनेर निजी अस्पतालमा ल्याउँदा पनि समयमा डाक्टर नपाएर बिरामीको मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६