अन्तर्राष्ट्रिय

माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइयो



एजेन्सी २० चैत्र । माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइएको छ । माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यू अन्त्य गरिएको जानकारी दिएको हो ।सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको उल्लेख छ ।उहाँका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कर्फ्यू लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कर्फ्यू लगाइएको पनि उहाँले सूचनामा उल्लेख गर्नुभएको छ ।कर्फ्यू लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कर्फ्यू हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६