प्रदेश

सुकुम्वासी समस्या समाधानार्थ कपिलवस्तु नगरमा काम शुरु



कपिलवस्तु २० चैत ।कपिलवस्तु नगरपालिकामा भूमीहिन सुकुमम्वासी र अब्यवस्थित वसोवासीको तथ्यांक संकलन शुरु भएको छ । सुकुम्वासी समस्या समाधान आयोग र नगरपालिका बीच केहिदिन पहिले भएको संझौता पछि नगरले प्राविधिक कर्मचारी भर्ना , कार्यलय उद्घाटन , कर्मचारीलाई अभिमुखीकरण लगायतका काम सकेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो । 

सुकुम्वासी समस्या सहजीकरण समितिको आज तौलिहवामा सम्पन्न पहिलो बैठकमा नगरले गरेका प्रगनीवारे  जानकारी दिदै मेयर किरण सिंहले हरेक वडामा तथ्यांक संकलनको काम अघि वढाउने गरी कर्मचारी परिचालित गरिएको जानकारी दिनु भयो । उहाले सबै राजनैतिकदलले यो काममा सघाउनु पर्ने वताउनु भयो । 

सहजीकरण समितीको बैठकमा नेकपा एमाले नेपाली कांग्रेस माोवादी जसपा लगायतका दलका नगर प्रमुख तथा प्रतिनिधीको उपस्थिती थियो । 

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६