अर्थ-वाणिज्य

बुद्धभूमीका अब्यवस्थित बसोवासीको आन्दोलन स्थगित



 कपिलवस्तु२१ चैत ।कपिलवस्तुको बुद्धभुमी नगरपालीका हनुमानचोकका स्थानीयले अव्यवस्थीत बसोबासीको फारम भर्न पाउनुपर्ने माग गदैं गत चैत्र ९ गतेदखी जारी अनिश्चितकालीन अनशन सहमतिमा टुँगीएको छ । 

नगरपालीकाको सर्वदलिय टोली, कर्मचारी  र आन्दोलनरत पक्षविच सुकुम्वासी समस्या समाधान आयोगले वितरण गरेको बसोवासीलाइ व्यवस्थीत गर्न पहिलो चरणमा १० बर्ष अगाडीदेखी बसेकाको लगत संकलन गर्ने, बस्ती विकासका लागी सरकारले नगरपालीकालाइ जग्गा उपलव्ध गराउने भए उनीहरुलाइ प्राथमिकतामा राख्ने, नगरपालीका बाट उक्त ठाउँको विकासका लागी थप पहल गर्ने गरी सहमती भएको कार्यालयका अधिकारी राजन पोखरेलले जानकारी दिनुभयो ।

कुल ४२ घरपरिवार अव्यवस्थीत बसोबासी रहेका उनीहरु २०४२ सालदेखी उक्त ठाउँमा बस्दै आएका छन् ।  

प्रकाशित : २१ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६