कपिलवस्तु२१ चैत ।कपिलवस्तुको बुद्धभुमी नगरपालीका हनुमानचोकका स्थानीयले अव्यवस्थीत बसोबासीको फारम भर्न पाउनुपर्ने माग गदैं गत चैत्र ९ गतेदखी जारी अनिश्चितकालीन अनशन सहमतिमा टुँगीएको छ ।
नगरपालीकाको सर्वदलिय टोली, कर्मचारी र आन्दोलनरत पक्षविच सुकुम्वासी समस्या समाधान आयोगले वितरण गरेको बसोवासीलाइ व्यवस्थीत गर्न पहिलो चरणमा १० बर्ष अगाडीदेखी बसेकाको लगत संकलन गर्ने, बस्ती विकासका लागी सरकारले नगरपालीकालाइ जग्गा उपलव्ध गराउने भए उनीहरुलाइ प्राथमिकतामा राख्ने, नगरपालीका बाट उक्त ठाउँको विकासका लागी थप पहल गर्ने गरी सहमती भएको कार्यालयका अधिकारी राजन पोखरेलले जानकारी दिनुभयो ।
कुल ४२ घरपरिवार अव्यवस्थीत बसोबासी रहेका उनीहरु २०४२ सालदेखी उक्त ठाउँमा बस्दै आएका छन् ।
प्रतिक्रिया