जीवनशैली

कोरोनावाट तंग्रिदै गरेको नरैनापुरमा आगोको वितण्डा,१०० बढीघर ध्वस्त



वाँके २२ चैत ।  नेपालगन्ज देखि ४० किमि पूर्व बाँकेको नरैनापुरमा गाउँपालिका ४ खोडवामा आगलागी हुँदा झण्डै सय घर जलेका छन् । आगलागीबाट कम्तिमा तीन जना जलेर घाइते भएको बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, आगलागीको यकिन कारण खुल्न सकेको छैन ।

विभिन्न ठाउँबाट आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको जानकारी दिंदै प्रजिअ कुरुम्वाङले घरबार विहीनहरुलाई टेन्टमा बासको व्यवस्थापन मिलाइरहेको बताए । प्रजिअ कुरुम्वाङले आफु अहिलेपनि घटनास्थलमै रहेकाले कुनै समस्या हुन नदिने बताए ।प्रजिअ कुरुम्वाङले जलेका घर संख्या ७७ पुगिसकेको बताए । ‘कति घर जलेका छन् कसरी आगलागी भयो भन्ने बुझ्ने काम भइरहेको छ, सय घरको क्षति अनुमान छ ।’ आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । थप दमकल पनि व्यवस्था मिलाएर आगो नियन्त्रणमा ल्याइएको बताइएको छ ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । त्यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए । ‘आगलागीको कारण यकिन भइसकेको छैन,’ प्रजिअ कुरुम्वाङले सार्वजनिक रुपमा सहयोगको अपील पनि गर्दै भनेका छन् ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६