वाँके २२ चैत । नेपालगन्ज देखि ४० किमि पूर्व बाँकेको नरैनापुरमा गाउँपालिका ४ खोडवामा आगलागी हुँदा झण्डै सय घर जलेका छन् । आगलागीबाट कम्तिमा तीन जना जलेर घाइते भएको बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार, आगलागीको यकिन कारण खुल्न सकेको छैन ।
विभिन्न ठाउँबाट आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको जानकारी दिंदै प्रजिअ कुरुम्वाङले घरबार विहीनहरुलाई टेन्टमा बासको व्यवस्थापन मिलाइरहेको बताए । प्रजिअ कुरुम्वाङले आफु अहिलेपनि घटनास्थलमै रहेकाले कुनै समस्या हुन नदिने बताए ।प्रजिअ कुरुम्वाङले जलेका घर संख्या ७७ पुगिसकेको बताए । ‘कति घर जलेका छन् कसरी आगलागी भयो भन्ने बुझ्ने काम भइरहेको छ, सय घरको क्षति अनुमान छ ।’ आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । थप दमकल पनि व्यवस्था मिलाएर आगो नियन्त्रणमा ल्याइएको बताइएको छ ।
नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । त्यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए । ‘आगलागीको कारण यकिन भइसकेको छैन,’ प्रजिअ कुरुम्वाङले सार्वजनिक रुपमा सहयोगको अपील पनि गर्दै भनेका छन् ।
प्रतिक्रिया