प्रदेश

नरैनापुरमा भएको आगलागीमा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट



बाँके २२ चैत्रल। बाँकेको नरैनापुरमा भएको आगलागीमा एक सयभन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदाबामा भएको आगलागीबाट एक सय २० भन्दा धेरै घरगोठ जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले उज्यालोलाई जानकारी दिनुभयो ।दिउँसो लागेको आगो नरैनापुर, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँच वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले साँझ मात्रै नियन्त्रणमा लिएका थिए ।आगलागीमा घाइते भएका तीन जना महिलाको नेपालगञ्जमा उपचार भइरहेको छ ।

अहिले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत वितरणको काम गरिरहेका छन् ।विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र भोलि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका थप प्याकेज ल्याउने पनि प्रहरी उपरीक्षक रानाले जानकारी दिनुभयो।खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल परेको थियो ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६