लुम्बिनी

बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गयो



बर्दिया २३ चैत्र । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । गैँडा गणना गरेर फर्कने क्रममा माहुते पुलिसराम थारु हात्तीका लागि घाँस लिन जाने क्रममा बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।मृतक थारुको घर ठाकुरबाबा नगरपालिका वडा नम्बर नौ बुतकौवामा पर्छ । यस वर्ष मात्रै बर्दियामा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ ।पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६