प्रदेश

सचिवमा पाण्डे र कोषाध्यक्षमा बेल्वासे निर्विरोध,अध्यक्ष सहित प्रदेश पार्षदमा चुनाव हुने



कपिलवस्तु २४ चैत । नेपालपत्रकार महासंघ कपिलवस्तुको सचविमा जानु पाण्डे र कोषाध्यक्षमा मोहन बेल्बासे निविरोध निर्वाचित हुनुभएको छ । सचिवमा सनिउल्लाह धोवी र कोषाध्यक्ष सम्भु मालीले उम्मेदवारी फिर्ता लिएसंगै पाण्डे र बेल्वासे निर्विरोध निर्वाचित हुनुभएको हो ।  यता अध्यक्षका उम्मेदवार  डिलाराम भुषालले किरणमान बज्रचार्यलाई समर्थन गरेपछि संयुक्त प्यानलको तर्फबाट किरणमान बज्रचार्य र प्रेस मञ्चको तर्फबाट कृष्णनगरका पत्रकार मनोज ओझा विच चुनावी प्रतिस्प्रर्धा हुने भएको छ ।  

यस्तै उपाध्यक्षका उम्मेदवार बाबुराम रायमाझिले पनि उम्मेदवारी फिर्ता लिएपछि संयुक्त प्यानलका हरि अधिकारी र रमेश कुमार मिश्रा विच प्रतिस्प्रर्धा हुने भएको छ । उता खुल्ला सदस्यमा उम्मेदवारी दिनुभएका अशोक पौडेल र कृष्ण थापा र प्रदेश परिषद सदस्यबाट सरोज खनालले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।  यता समावेशी सह सचिवमा राजेश चौधरी कुर्मि, महिला सदस्यमा सृजना खनाल र दलित सदस्यमा राम प्रकट कोरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।  

यस्तै राष्ट्रिय परिषद सदस्य मनोज कुमार श्रीवास्तव, शसिधर सापकोटा, लक्ष्मण बेल्बासे र सरोज अर्याल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।  अब महिला उपाध्यक्षमा स्वेता गिरी र शारदा केसी विच चुनावि प्रतिस्प्रर्धा हुने छ । सह सचिवमा संयुक्त प्यानलका सञ्जिब गहतराज र प्रेस मञ्चका निरहु यादव तथा समावेशी सह सचिवमा राजेश चौधरी कुर्मि विच प्रतिस्प्रर्धा हुने भएको छ ।  यता आठ खुल्ला सदस्यका लागि लागि १४ जना विच र १२ प्रदेश परिषद सदस्यका लागि १७ जना विच चुनावि प्रतिस्प्रर्धा हुने भएको छ । 

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६