अन्तर्राष्ट्रिय

नाइजेरियाको जेलबाट १८ सयभन्दा धेरै कैदीहरू भागे



काठमाण्डौ २४ चैत्र ।  बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा धेरै कैदीहरू भागेका छन् ।जेलबाट १ हजार ८ सय ४४ कैदी भागेका त्यहाँका अधिकारीहरुले बताएका छन् । आक्रमणकारीले दक्षिण–पूर्वी सहर ओबेरीमा रहेको जेलको प्रशासनिक भवनमा आक्रमण गरेर जेलभित्र प्रवेश गरेका थिए ।अहिलेसम्म भागेकाहरुमध्ये ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डिजिनिएस पिपुल अफ बियाफ्राुले आक्रमण गरेको आरोप लगाएको छ ।

पिकअप ट्रक र बस चढेर हतियारसहित आएका आक्रमणकारीहरू ओबेरी कस्टोडियल सेन्टर प्रवेश गरेका र उनीहरुले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका प्रहरी अधिकारीहरुले बताएका छन् । तर, द इन्डिजिनिएस पिपल अफ बियाफ्राुले भने घटनामा आफूहरु संलग्नता नरहेको प्रतिक्रिया दिएको छ ।यस्तै नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्राउ गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ । जनवरीदेखि दक्षिण–पूर्वी नाइजेरियाका धेरैजसो प्रहरी कार्यालय र गाडीहरुमा आक्रमण गरिएको छ भने ठूलो परिमाणमा गोलीगठ्ठा चोरी भएको बीबीसीले जनाएको छ । 

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६