जीवनशैली

इन्जिनियर एसोसियसन लुम्विनीमा अनौठो मोर्चाबन्दी



भैरहवा २४ चैत ।नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) दोस्रो प्रदेश कार्यकारिणी निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रगतिशील इन्जिनियरहरुको अनौठो गठबन्धन बनेको छ ।राष्ट्रिय रुपमा एकका विरुद्ध अर्काे समुह लागेका बेला यस प्रकारको अनौठो एकता भएको हो । नेईए निर्वाचनमा  जीवन अर्यालको नेतृत्वमा लुम्बिनी प्रदेशमा एमाले र माओवादी पक्षको एकता भएको हो ।  एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) र माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन) ले संयुक्त प्यानल बनाएका हुन् ।

प्रगतिशील प्यानलबाट ई. जीवन अर्यालले अध्यक्षको उम्मेदवार बनेका छन् । प्रदेश केन्द्रबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा ई. जयलाल मरासिनीले उम्मेदवारी दर्ता गरेका छन् । यो प्यानलमा उपाध्यक्षमा ई. दिवाकर प्याकुरेल, सचिवमा ई. विवेक लामिछाने, सहसचिवमा ई. नवसुजित भण्डारी र कोषाध्यक्षमा ई. शेषमणी पौडेलले उम्मेदवारी दिएका छन् ।त्यस्तै, सदस्यहरुमा ई. तुलसीराम ओस्थी, ई. दिपेश घिमिरे, ई. निशा नवन, ई. किरण खरेल, ई. प्रभाकर सिंह चौधरी, ई. विक्रम बैदवार क्षेत्री, ई. यज्ञराज खत्री, ई. सुनिल आचार्य, ई. रमेश घिमिरे र ई. प्रकाश न्यौपाने रहेका छन् ।

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६