अर्थ-वाणिज्य

प्रदेश सभामा समिति सभापति न्यौपानेले देखाए उच्च नैतिकता



बुटवल २५ चैत । नैतिकता प्रदर्शन गर्नेमा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने  अब्बल ठहरीएका छन् । उनले संसदवाट पदमुक्त भएको भोलिपल्ट नै सुविधामा पाएको सरकारी गाडी फिर्ता गरेर  नैतिकता प्रदर्शन गरेका हुन् । प्रदेश सभाको मंगलबारको बैठकमा न्यौपानेको सांसद पद रिक्त भएको जानकारी गराएका थिए । दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य थिए ।

सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।  कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् ।  सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् 

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६