अन्तर्राष्ट्रिय

बेलायतका लागि म्यान्मारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध



एजेन्सी २६ चैत्र । बेलायतका लागि म्यान्मारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ । राजदूत क्वा ज्वार मिनलाई म्यान्मारमा सैनिक कु भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको बताइएको छ ।राजदूत मिनले रोयटर्स समाचार एजेन्सीसँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताउनु भयो ।म्यान्मारमा गत फेब्रुअरी १ मा सैनिक कु भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ । सैनिक नियन्त्रणमा रहनु भएकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ ।म्यान्मारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६