प्रदेश

दाङमा प्रेस चौतारी बिजयी,लुम्विनीमा संयुक्त गठबन्धनको पकड



अर्घाखाँची २६ चैत  । नेपाल पत्रकार महासंघको निर्वाचनमा लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोख्रेल नेतृत्वको लोकतान्त्रिक– प्रगतिशील नेतृत्व अगाडि देखिएका छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको हो । 

रुपन्देहीको जिल्ला अध्यक्षमा रामराज पोख्रेलको प्यानल विजयी भएको छ । प्रतिस्पर्धामा प्रेस चौतारीका दिनेश पाण्डेको प्यानल पराजित भयो । रामराज पोख्रेलले १६३ मत सहित विजयी भएका छन् । उनका प्रत्यासी प्रेस चौतारीका  दिनेश पाण्डेले भने १२० मत प्राप्त गरेका हुन् ।लुम्बिनी प्रदेशको अर्घाखाँचीमा र गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ । गुल्मी जिल्लामा माधव नेपाल निकट प्रेस चौतारीका टोपलाल अर्याल विजयी भएका छन् । अर्घाखाँचीमा लोकतान्त्रीक प्यानलबाट अशोक खनाल निर्वाचित भएका छन् ।

यतानेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि बुधवार भएको चुनावको मतगणना भइरहेको छ । केही जिल्लामा मतगणना सम्पन्न भइसकेको छ भने केही जिल्लाको मतगणना अन्तिम चरणमा पुगेको छ ।समाचार तयार पार्दा सम्म निर्वाचन समितिलाई ६५ जिल्लाको अन्तिम मत परिणाम प्राप्त भएको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिए।

१२ सयभन्दा धेरै मत खसेको काठमाण्डौ जिल्लाको मतगणना नै सुरु भएको छैन । काठमाण्डौको मतगणना शुक्रवार बेलुकी या शनिवार बिहान मात्रै सकिने भएकाले महासङ्घको अन्तिम परिणाम आउन अझै दुई दिन लाग्ने संयोजक काफ्लेको भनाइ छ ।अहिलेसम्मको नतिजाअनुसार विपुल पोख्रेलको प्यानलले देशका धेरै ठाउँमा अग्रता लिइरहेको छ । प्रारम्भिक परिणामको अनुपात हेर्दा ६० प्रतिशत मत  पोख्रेलको पक्षमा र ४० प्रतिशत मत निर्मला शर्माको पक्षमा रहेको छ । महासङ्घका १३ हजार एक सय २२ जना सदस्य रहेकोमा बुधवार भएको मतदानमा झण्डै १२ हजार मतदाता सहभागी भएका थिए । 

यता नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा कडा प्रतिस्पर्धाका विचमा प्रेसचौतारीका दुर्गालाल केसी विजयी भएका छन्  । केसीले  निकटम प्रतिस्पर्धी लक्ष्मी आचार्यलाई ११ मतलेपछि पार्दै जित हात पारेका हुन ।केसीका निकटम प्रतिस्पर्धी आचार्यले १ सय २४ मत प्राप्त गरेकीछन् भने  १ सय ३५ मत सहित केसीले नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्व हात पारेका हुन् । यता कपिलवस्तुमा सबै संगठनबीच भएको सहमति अनुसार अध्यक्षमा प्रेसयुनियनका किरणमान श्रेष्ठ र सचिवमा प्रेसचौतारी ओली समुहका जानु पाण्डे सहित सबै पदमा सहमति भएको छ।  

यस्तै नेपाल पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्ष पदमा प्रेस युनियनका यादव आचार्य निर्वाचित भएका छन्।निकटतम प्रतिद्वन्द्वी भीमबहादुर ठकुरीलाई २६ मतान्तरले पराजित गर्दै यादव आचार्य निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष यादवले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ठकुरीले ३२ मत प्राप्त गरे। बर्दियाका ९६ मतदातामध्ये ९१ जनाले मतदान गरेका थिए।यस्तै, उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी मुकुन्द सुवेदीलाई ९ मत अन्तरले पराजित गर्दै चिरञ्जीवी भावुक योगी निर्वाचित भएका छन्। योगीको पक्षमा ४९ मत खसेको थियो भने मुकुन्द सुवेदीले ४० मत प्राप्त गरे।यस्तै, सचिवमा निकटतम प्रतिद्वन्द्वी यज्ञ सापकोटालाई ८ मत अन्तरले पछि पार्दै सन्तोष पौडेल निर्वाचित भए। 

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६