अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशको ३ जिल्लामा कर्फयू



एजेन्सी २६ चैत ।भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ ।  योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ  र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताउनु भएको छ ।  भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । एकैदिन एक लाख २६ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेकाको वर्ल्डओमिटरले जनाएको छ। कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

भारतमा अहिलेसम्म एक करोड ९२ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाको कारण अवस्था गम्भीर बन्दै गएको छ ।त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् । 

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६