अन्तर्राष्ट्रिय

म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय



काठमाण्डौ २९ चैत्र । म्यानमारमा कू गरेर सत्ता कब्जा गरेको सैन्य सरकारले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको समाचारसंस्था सीएनएनले जनाएको छ ।गएको मार्च २७ मा याङ्गोनको ओकालापा जिल्लामा सेनाका क्याप्टेनका सहयोगीको हत्या भएको र त्यही घटनामा संलग्नलाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्याबाडी टेलिभिजनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

गएको माघ १९ गते भएको सैन्य कूु पछि सैन्य सरकारले पहिलोपटक मृत्युदण्डको सजाय सुनाएको हो । द एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स समूहले म्यानमा सैन्य कू पछि भएका घटनामा ४८ बालबालिकासहित कम्तीमा ६ सय १४ जनाले ज्यान गुमाइसकेको बताएको छ ।समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा छन् । सेनाले भने अहिलेसम्म २ सय ४८ जनाको ज्यान गएको र प्रदर्शन नियन्त्रणमा लिने क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ । सैन्य सरकारले आन्दोलन मत्थर हुँदै गएको र आउँदो दुई वर्षभित्र चुनाव गर्ने बताएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६