अर्थ-वाणिज्य

बर्षाैको प्रतिक्षापछि खुल्यो नौमुरे आयोजना ब्यवस्थापन कार्यलय



अर्घाखाँची ३० चैत ।  नौमुरे बहुउदेश्यीय परियोजना नेपाल सरकार र नेपाली जनताकै लगानीमा बन्ने उर्जा, जलश्रोत तथा सिंचाई टोपबहादुर रायमाझीले बताएका छन्।आइतवार एक कार्यक्रमका बिच अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २८१.४ मेगावाट विद्युत क्षमता भएको नौमुरे वहुउद्देश्यीय परियोजनाको शितगंगा–७ लामातालमा कार्यालय उद्घाटन गर्दै रायमाझिले नौमुरे योजना अघि बढेको उद्वघोष गरे। ‘नौमुरे अघि बढ्छ, अब कसैले रोकेर रोकिँदैन।’ उनले भने।

समृद्धिको आधारमध्ये नौमुरे एक भएकाले सबैभन्दा पहिले यही कामलाई प्राथमिकता दिने उनको भनाई छ । यो योजना सम्पन्न भए धेरैलाई रोजगारी मिल्ने र १३ अर्व रकम एक बर्षमा आम्दानी गर्न सकिने आधार रहेको रायमाझिको दावी छ।नौमुरे जलासययुक्त आयोजना भएकाले यसबाट विद्युत् उत्पादनका साथै कृषि, पर्यटन र सिचाईमा उल्लेख्य उपलब्धि हासिल हुनसक्ने लुम्बिनी प्रदेस सांसद हरिप्रसाद रिजालले विश्वास व्यक्त गरे।

परियोजनाका ईन्जिनियर शंकर साउदले नौमुरेको डिपीआर सकिएसंगै निर्माणको प्रारम्भिक काम अघि बढाउन कार्यालय स्थापना गरिएको जानकारी दिएका छन्। विद्युत विकास विभागले हालै गरेको संभाव्यता अध्यान प्रतिवेदन अनुसार कम्तीमा छ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने भनिएको यो आयोजनाको लागत एक खर्ब छ अर्ब रुपियाँ अनुमान गरिएको छ । नौमुरेको सर्वेक्षण अध्ययन २०४४ भएको थियो। नौमुरे पटक पटक चर्चामा आएपनी कामले गति लिन सकेको थिएन। यहाँ कार्यालय स्थापना भएसंगै नौमुरे बन्नेमा स्थानीय उत्साहित भएका छन।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६