अर्थ-वाणिज्य

कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना



 काठमाडौं ३० चैत। सुख्खा बन्दगाह भन्सार सिर्सियाले तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको छ । कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई उक्त रकम जरिबाना तिराएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।चैत २६ गते कम्पनीलाई जरिबानाको निर्णय भएको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले  जानकारी दिए । कम्पनीलाई भन्सार ऐनअनुसार पाँच सय प्रतिशत जरिवाना गरिएको पनि उनले बताए । ‘भन्सार छल्ने नियतका साथ घोषणा गरिए भन्दा धेरै परिमाणमा सामान आयात गरेको देखियो, भन्सार ऐनअनुसार कम्पनीलाई पाँच सय प्रतिशत जरिवाना गरियो,’ कट्टेलले भने ।

रबी अग्रवालले तिरुपति ग्लास उद्योगको नाममा आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको भन्सार कार्यालयले जनाएको छ ।भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको थियो भने घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।बालाजी ग्लासले यस अघि यसैगरी भन्सार छली गरेको विषयमा अनुसन्धान हुँदै जाँदा तिरुपति पनि छानबिनको दायारमा परेको थियो । भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजश्वसमेत तिरीसकेपछि भन्सारले पुनः तिरुपतिको माल वस्तु जाँच गरेको भन्सार कार्यालयले जनाएको छ ।अनलाइनखबर 

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६