ब्रेकिंग न्युज

नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल



धनगढी, ५ भदौः

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुुझावहरु सङ्कलन भइरहेको बताउनुभएको छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट सुझावहरु नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरीरहेको मन्त्री पोखरेलले बताउनुभयो । मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन तथा नियमावलीका लागि सातै प्रदेशमा आएका सुझावहरु सङ्कलन भइरहेको बताउनुभयो । उहाँले सात दिन अगाडि कोशी प्रदेशबाट सुरु गरीएको शिक्षा संवाद कार्यक्रम मधेस प्रदेश, बागमती प्रदेश, लुम्बनी प्रदेश र कर्णाली प्रदेशमा आयोजना भएको बताउनुभयो । मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ । –––

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६