काठमाडौँ । भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ । यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्कार हरमू मुक्ति धाममा भयो ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृतकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो ।मृतकको परिवारको पीडा यस्तो कि शव जलाउनका लागि गुहार्नुपर्यो ।शव जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गुहार माग्नु परिरहेको छ । मोक्षधाममा विद्युतीय शवदाहको मेसिन खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम संस्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले याचना गरे ।
यस्तो स्थिति कहिल्यै देखेको थिइनँः
हरमू मुक्तिधाममा वर्षौंदेखि शव जलाउने राजू रामले भने, ‘यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । मानिसहरुले जहाँ गाडी पार्क गर्छन् त्यहाँ शवको लाइन लागेको छ । एम्बुलेन्सबाट शव निकालेर सडकमा नै राखिएको छ । अन्तिम संस्कार अघिका विधि–विधान पनि गरिएका छैनन् ।
प्रतिक्रिया