अर्थ-वाणिज्य

उद्योग मन्त्रालय र बाणगंगा नगर बीच १ करोडको संझौता के कालागि ?



कपिलवस्तु ३० चैत । नेपाल सरकारको  उद्योग मन्त्रालय र कपिलवस्तुको बाणगंगा नगरपालिका बीच भलवाडमा औद्योगिक ग्राम वनाउन एक सम्झौता पत्रमा हस्ताक्षर गरिएकोछ । मन्त्रालयका औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख एवम  सह सचिव बलराम रिज्याल र कार्यवहाक मेयर चक्रपाणी अर्याल बीच संझौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल र नगर प्रबक्ता विष्णु पौडेल समेतको सहभागिता थियो ।

उद्योग मन्त्रालयमा भएको संझौतामा चालु आवमा मन्त्रालयले  ९२ लाख उपलब्ध गराउने उल्लेख छ । यसै गरी चालु आवमा लुम्विनी प्रदेश र स्थानीय पालिकाले समेत रकम विनियोजन गरेर काम अघि वढाउने प्रावधान राखिएको छ । भलवाडको  वर्दहवा स्थित  वाल कल्याण आधारभूत प्रावि भन्दा २०० मिटर दक्षिणमा  नदी उकासको  ११ विगाह जग्गामा औधोगिक ग्राम बनाउने गरी विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको वडाध्यक्ष ध्रुव वेल्वासेले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

औधोग मन्त्रालयले  लगानी लगाउन कम्तीमा ७ विगाह जग्गा ब्यवस्था गरिएको हुनु पर्ने भन्ने प्रावधान रहेको छ । डिपिआरमा ५१ करोड लागतमा आधुनिक किसीमको औधोगिक ग्राम बन्ने उल्लेख छ । मन्त्रालयले उपलब्ध गराक्एो यो प्रारम्भीक रकमवाट सबैभन्दा पहिाल वाउण्ड्री,  विधुतीकरण र  खानेपानीको काम हुने वडाध्यक्ष बेल्वासेले वताउनु भयो । कार्यवहाक मेयर अर्यालले मन्त्रालयसंग भएको संझौता वमोजिम अव काम तिब्र रुपमा अघि वढाइने र प्रदेश र नगरपालिकाको समेत चालु आवमा लगानी जुटाउन पहल हुने उहाले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६