अन्तर्राष्ट्रिय

स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न डब्ल्यूएचओको आग्रह



काठमाण्डौ ३१ चैत्र । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ ।विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा सङ्क्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ ।सङ्गठनकाका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिनुभयो ।

समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको उहाँको भनाइ छ । डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको बताउनुभयो ।उहाँले सङ्क्रमणलाई हलुका रुपमा लिन नहुनेमा जोड दिनुभएको छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ । गएको २४ घण्टामा भारतमा १ लाख ६० हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भएको छ ।योसँगै भारतका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ३६ लाख ८६ हजार नाघेको छ । 

प्रकाशित : ३१ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६