खोज–अनुसन्धान

पत्रकारमाथि प्रहरी नियन्त्रणप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग



काठमाडौँ, १३ कात्तिक।

कार्यालय समय सकिएपछि सञ्चार माध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति मार्फत पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षा माथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको प्रमाण प्रस्तुत नगरिएको तथा आरोप समेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु आपत्तिजनक भएको काउन्सिलको ठहर छ।
काउन्सिलका अनुसार सञ्चार माध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहिता सम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो। समाचारकै विषयमा सीधै प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी प्रक्रिया अपनाउन नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।


त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधार बिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न काउन्सिलले माग गरेको छ।
पत्रकार तथा सञ्चार माध्यमलाई सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचार संहिताको पूर्ण पालना गर्न आग्रह गर्दै प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवद्र्धन प्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ।

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६