अन्तर्राष्ट्रिय

अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता



काठमाण्डौ ५ बैशाख । अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति राष्ट्रले संयुक्त विज्ञप्ति निकालेर आफूहरु कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको बताएका हुन् ।अमेरिका र चीनका जलवायु परिवर्तन विशेष दूत जोन केरी र सी झेनहुआ बीच गएको हप्ता चीनको शङ्घाईमा वार्ता भएको थियो । वार्तापछि आइतवार ९आज० निकालिएको विज्ञप्तिमा दुई देशले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध भएका बीबीसीले जनाएको छ ।

दुई देशले निकालेका संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र चीन जलवायु सङ्कटको सामना गर्नका लागि एक अर्का र अन्य देशसँग सहयोग गर्नका लागि प्रतिबद्ध छन् । यस सङ्कटलाई गम्भीर भएर र तुरुन्त घटाउन आवश्यक छ ।’अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो बिहीवार र शुक्रवार अनलाइनमार्फत जलवायु सम्मेलन गर्दै हुनुहुन्छ । ४० देश सहभागी हुने त्यो सम्मेलनलाई लिएर चीनले आफू निकै उत्साहित भएको बताएको पनि बीबीसीले जनाएको छ ।अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको बताएका छन् । उनीहरू विकासशील देशहरूलाई सक्दो कम कार्बनयुक्त ऊर्जा उत्पादनका लागि आर्थिक सहयोग गर्न पनि सहमत भएका छन् ।  

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६