प्रदेश

लुम्विनी प्रदेशका विमानास्थलमा ठूलो लगानी थपिने क्रम तीव्र



वाँके ६ बैशाख । लुम्विनी प्रदेशमा अन्तराष्ट्रिय किमानाीथल भैरहवामा नयाँ बनेर संचालनमा आउनै लाग्दा पुन  पश्‍चिम नेपालको हब नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्‍ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि खरिद प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले परामर्शदाता नियुक्ती तथा डिजाइनको काम गरिसकेको छ।

टर्मिलन भवन निर्माणका लागि अहिले निर्माण व्यवसायीको पूर्व योग्यता छनौटको काम भइरहेको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।‘निर्माण व्यवसायीको पूर्व योग्यता छनौटको काम सकिएपछि टेन्डरमा सहभागी हुन पाउने व्यवसायीको सूची प्रकाशित हुने छ। त्यसपछि त्यही सूचीमा रहेकाहरुले टेन्डरमा भाग लिने छन्। टेन्डरबाट छनौट भएपछि निर्माण सम्झौता हुने छ’ क्षेत्रीले भने।पछिल्लो समय हवाइ उडानको संख्या बढ्दै गएको र नेपालगञ्‍जमा पूरानो संरचनाले धान्न नसक्ने भएपछि नयाँ टर्मिनल बनाउन लागिएको क्षेत्रीले बताए।

१६६ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा ४ हजार ४३८ वर्गमिटर क्षेत्रफलमा नयाँ टर्मिनल भवन निर्माण हुने प्राधिकरणका इन्जिनियर तथा उपप्रबन्धक नलबिक्रम थापाले जानकारी दिए।नयाँ बन्‍ने टर्मिनल भवन तीन तलाको हुने छ। जसमा एउटा तला सेमी बेसमेन्टको रुपमा हुने छ। यो टर्मिनल भवन निर्माणका लागि ३ अर्ब बजेट आवश्यक हुने प्राधिकरणले अनुमान गरेको छ।

कर्णाली क्षेत्रमा उडान हुने नेपालगञ्‍ज विमानस्थलमा पछिल्लो समय काठमाडौंबाट हुने दैनिक उडानको संख्यामा पनि बृद्धि भएको छ। नेपालगञ्जबाट कर्णालीका डोल्पा,जुम्ला, हुम्ला,मुगु जिल्लाका विमानस्थलमा यात्रुबाहक तथा कार्गो उडान हुँदै आएको छ। बाजुरा र रुकुममा पनि नेपालगञ्जबाट उडान हुँदै आएको छ।

उडान संख्यामा ब्यापक बृद्धि भएपनि बढ्दो ट्राफिक धान्नसक्ने पूर्वाधार नभएपछि नेपालगञ्जमा टर्मिनल भवनको आवश्यकता परेको थापाले बताए। प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थलमा गएको पाँच वर्षमा यात्रुको संख्या दोब्बर बढेको छ। सन् २०१५ मा १ लाख ७६ हजारले यात्रा गरेका थिए भने सन् २०१९ मा ४ लाख ४३ हजार पुगेको छ। उडान संख्या पनि ९ हजारबाट १५ हजार पुगेको छ। सन् २०४० सम्म २० लाख पुग्ने प्राधिकरणको प्रक्षेपण रहेको छ।सन् २०४० सम्मको मागलाई धान्ने टर्मिनलको डिजाइन गरिएको हो।

‘नयाँ बन्ने टर्मिनल आधुनिक सेवा सुविधायुक्त हुने छ। क्याफेटेरिया, सपिङ तथा अन्य सुविधाहरु टर्मिलनमा उपलब्ध हुने छन्। त्यसबाट एकातिर प्राधिकरण आफैले पनि आम्दानी गर्ने छ भने यात्रुले पनि सहज सुविधा पाउने छन्’ थापाले भने’नेपालगञ्ज जस्तो ठाउँमा कहिलेकाहि उडान ढिला भयो भने यति उकुसमुक हुन्छ कि त्यहाँ बस्नै गाह्रो हुन्छ। यसको मुख्य कारण साँघुरो टर्मिलन हो। तर अब नयाँ टर्मिनल बनेपछि त्यस्तो हुँदैन।’

यो आर्थिक वर्षभित्र निर्माणका लागि खरिद प्रक्रिया सम्पन्न हुने थापाको भनाइ छ। सम्झौता भएको तीन वर्षभित्र टर्मिनल बनिसक्ने छ।नेपालगञ्ज विमानस्थलको क्षमता विस्तार गर्नका लागि बनेको गुरुयोजनाअनुसार प्राधिकरणले धावनमार्ग विस्तार लगायतका काम गरिरहेको छ। हाल १५ सय मिटर लामो रहेको धावनमार्गमा २ सय मिटर विस्तारको काम अहिले भइरहेको छ।

धावनमार्गसँगै जहाज पार्किङ गर्ने ठाउँ९एप्रोन० पनि नयाँ बनाएको छ। छ वटा एटिआर ७२ जहाज पार्किङ गर्न मिल्ने नयाँ एप्रोन निर्माण भएर सञ्चालनमा आइसकेका छन्। यी नयाँ बनेका एप्रोमा ३६० डिग्री टर्न गर्न मिल्ने इन्जिनियर थापाले जानकारी दिए।प्राधिकरणले उडान चाप धेरै रहेका हब विमानस्थलमा क्षमता विस्तार गर्न अर्बौ लगानी गर्ने योजना बनाएको छ। पोखरा र भैरहवा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आयोजना चलिरहेको छ। त्यसबाहेकका नेपालगञ्ज र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल तथा धावनमार्ग विस्तारका काम अघि बढीरहेका छन्। 

यसपछि धनगढी र चन्द्रगढी विमानस्थलमा क्षमता विस्तारका काम अघि बढाउने प्राधिकरणले तयारी गरेको छ।अहिले आन्तरिक उडानको संख्या बढीरहेका विमानस्थलमा आधुनिक पूर्वाधार निर्माण गरी भविष्यमा आवश्यकता पर्दा अन्तरदेशीय उडान गर्नमिल्ने बनाइने प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए। ९साभारः सेतोपाटी०

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६