जीवनशैली

दाङका सांसद डागीको राजीनामा : विपक्षी मोर्चावाट मन्त्री बनाउने आश्वासन



बुटवल २२ बैशाख  । दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिनुभएको छ। डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराउनुभएको सचिव सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । डाँगी नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहन्छ । उहाँले आफू अस्वस्थ भएको र राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नु पर्ने भएकाले राजिनामा दिनु परेको बताउनुभएको छ।तर उहालाई विपक्षी मोर्चाले मन्त्री बनाउने सुनिश्चित गरेपछि उहाले पद त्याग गरेर मोर्चालाई सहयोग गर्नु भएको श्रोतको दावि छ । 

यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिनुभएको थियो । उहाँ कांग्रेसमा प्रवेश गरिसक्नुभएको छ । यस्तै नेकपाबाट उपचुनाव लड्नुभएकी दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) की प्रदेश सभा सदस्य विमला कुमारी खत्री माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । योसँगै लुम्बिनीमा एमालेमा प्रदेश सभा सदस्य घटेर ३८ जना भएका छन् ।

यद्धपी विमला पुन फर्किन संभावना उच्च रहेको श्रोतको भनाइछ । मुख्यमन्त्री पोखरेलको सरकार थाम्न विपक्षी मोर्चाका केहि सांसदले पदत्याग गरे मन्त्री बन्ने तयारी भएको भरपर्दाे श्रोतको भनाईछ । ८७ सदस्यीय प्रदेशसभा ७९ मा झरेको छ । जसमा २ जनाको स्वेच्छिक राजीनामा भएको छ भने माओवादी केन्द्रका २ र जसपाका ४ सदस्य निष्कासनमा परेका छन् ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६