जीवनशैली

होल्डीङ सेन्टरका लागि बजेट निकास :लगानी सम्मेलनको मिति तेश्रोपटक सरयो



रुपन्देही २३ बैशाख । विभिन्न जिल्लामा होल्डीङ सेन्टर स्थापना गर्न र आइसोलेशन संचालन गर्न लुम्विनी प्रदेश सरकारले हरेक जिल्लालाई ५ देखि १० लाख सम्म वजेट निकसा दिने निर्णय गरेको छ । जस अनुसार  लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई कुल ७९ लाख रुपैया दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । सिमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरि सो रकम उपलब्ध गराइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाको लागि १०–१० लाख रुपैया उपलब्ध गराइने छ । त्यसैगरी कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुम लाई ५÷५ लाख जिल्ला विपत व्यवस्थापन समितिलाई छुट्याइएको मन्त्री चौधारीले बताए ।

यसैबीच जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कात्र्तिकमा सार्ने निर्णय प्रदेश सरकारकाले गरेको छ । कोरोना कारण जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मलेन आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले बताए ।यो तेश्रो पटक सरको मिति हो ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६