जीवनशैली

निशेधाज्ञा उलंघन गर्नेहरु धमाधम पक्राउ, तेश्रो दिन १०० बढीलाई कारवाही



कपिलवस्तु २४ बैशाख । गर्ने निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई  कपिलवस्तु प्रहरीले हरेक दिन  नियन्त्रणमा लिने दिनभर होल्ड गर्ने र साझ छाडिदिने गरेको छ । त्यो मध्ये केहि साधनलाई भने प्रहरीले फिर्ता  गरेको छैन । कानुनत कागजात सही नभएका वा गंभिर किसीमको टा«फिक नियम उलंघन गर्ने साधानहरु प्रहरीले नियन्त्रणमा राखेको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले हिजो ९८ वटामोटरसाइकल ४ वटा अटो र एउटा हुईङगरलाई निषेधाज्ञा उल्लंघन गरेकोमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

केहि सवारी साधनहरु नियन्त्रणमा लिनु बाहेका शान्तिपूर्ण तरिकाले  तेस्रो दिन पनि जिल्लाबासीले निषेधाज्ञाको पालना गरेको प्रहरीको विश्लेषण रहेको छ ।बुधवार  पक्राउ परेका मोटर ९४मोटरसाइकल ४ अटो र एउटा ट्याक्टरलाई उचित कारवाहि गरि आगामी दिनमा यस्तो नगर्ने भनि कागज गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले वताउनु भयो । 

निशेषधाज्ञामा अत्यावश्यक वस्तु र सेवा बाहेक अरु सबै ठप्प भएका हुन् । बैशाख २१ वाट शुरु भएको निशेधाज्ञा अन्तर्गत अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहेका थिए । निशेधाज्ञा उलंघन गर्ने जो सुकैलाई संक्रामक रोग ऐन २०२० अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६