लुम्बिनी

लुम्बिनी प्रदेशमा विशेष अधिवेशनको माग



बैशाख २६,रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलहरूले विशेष अधिवेशन माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलले प्रदेश प्रमुख यादवलाई बुझाएको माग पत्रमा मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेश सभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरेका छन् ।

विपक्षी दलहरूले ४० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् । यसअघि वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि पनि छलफल भएको छैन ।  

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६