अर्थ-वाणिज्य

मन्त्री रायमाझीले अर्घाखाँचीमा पठाए २ दर्जन अक्सिजन सिलिण्डर सहितका सामाग्री



अर्घाखाँची २९ बैशाख । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन् ।

वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस, डिजिटल थर्ममिटर २० पिस र पिपिए १९० पिस पठाइएको जानकारी दिएका छन् ।

उनले पन्जा २०० पिस, चश्मा ५० पिस र फेस सिड ५० पिस पठाइएको जानकारी दिएका छन् । मन्त्री रायमाझीले कोभिड १९ बाट संक्रमण भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६