जीवनशैली

सिमिचौरलाई रुपन्देहीवाट सामग्री :सियारीमा स्वास्य चौकी



गुल्मी १३ जेठ  ।गुल्मी सिमिचौर समाज रुपन्देहीले विपद व्यवस्थापन सहायता कोष अन्तर्गत पहिलो चरणमा सिमिचौर स्वास्थ्य चौकिलाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । जसमा बिरामी राख्ने बेड ३ थान ,अक्सिमिटर ३ थान ,अक्सिजन फ्लोमिटर २ थान ,अक्सिजन माक्स ५ थान , फेस शिल्ड १५ थान र अक्सिजन शिलिण्डर २ थान हस्तान्तरण गरिएको समाजका सचिब कृष्ण कार्कीले बताउनुभएको छ । हस्तान्रण कार्यक्रममा रेसुङगा नगरपालिका वडा नं १० का अध्यक्ष पदम प्रसाद अर्याल , सिमिचौर स्वास्थ्य चौकी प्रमुख अहेव शोभा रानी जि सि लगाएतको उपस्थिती रहेको थियो । 

अब रेसुङगा नगरपालिका वडा नं ११ मा स्वास्थ्य चौकीलाई दोस्रो चरणमा स्वास्थ सामग्री वितरण गरिने कोषाध्यक्ष रमेश पाण्डेले जानकारी गराउनुभएको छ । कोरोनाको महामारीको समयमा समाजले उद्धाहरणीय कार्य गरेको भन्दै थप आवश्यक सहयोग र प्रशंसनीय कार्य गर्न रेसुङगा नगरपालिका वडा नं १० का अध्यक्ष अर्यालले आग्रह गर्नुभएको छ ।

यता कोरोना संक्रमीतको उपचार प्रभावीत बनेपछि रुपन्देहीको सियारी गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गरिएको छ । महामारीकाबीच अर्घाखाँची सिमेन्ट प्रालिले सियारी गाउँपालिका–२ मैनहियामा  स्वास्थ्य चौकी निर्माण गरिदिएको हो । ७० लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकी बुधबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

अर्घाखाँची सिमेन्ट उद्योग परिसर नजिकै निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकीको निर्माण गरेको हो । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुलाई चाबी उपलब्ध गराएर स्वास्थ्य चौकीको हस्तान्तरण गरेका थिए । उद्योगले सम्झौता भएको १ सय २० दिनमा सरकारी मापदण्ड र नक्साअनुसार स्वास्थ्य चौकी बनाएको हो । उद्योगले स्वास्थ्य चौकीमा तत्काललाई १० शय्या र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराएको उद्योगका प्रबन्ध निर्देशक अग्रवालले बताउनुभएको छ ।

२ हजार २ सय स्क्वायर फिट क्षेत्रफलमा करिव ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको एकतले स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट र बाथरुम छन् । स्वास्थ्य मापदण्ड अनुसार भवनमा १५ बेडसम्म राखेर बिरामीको उपचार गर्न मिल्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६