ब्रेकिंग न्युज

भोटेकोशी बाढीपीडितलाई बुद्धभूमि नगरपालिकाको ४३ लाख ४५ हजार सहयोग



कपिलवस्तु १६ भदौं

रसुवागढी नाकातर्फ भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति बुद्धभूमि नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बाढीपहिरोमा परी ज्यान गुमाएका नेपाली नागरिक तथा विदेशी पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

नगर प्रमुख केशुव कुमार श्रेष्ठ
नगरपालिकाले विपद्को कठिन समयमा पीडितलाई राहत, उद्धार र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४३ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
नगर प्रमुख श्रेष्ठले प्राकृतिक विपद्को समयमा बाढीपीडितलाई थप सहयोग र सहानुभूति प्रदान गर्न बुद्धभूमिका नगरवासी, स्थानीय संघसंस्था तथा व्यवसायीलाई समेत अपिल गरेका छन्।
नगरपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा राज्यसँगै स्थानीय तह, निजी क्षेत्र तथा समुदायको समेत सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित : १६ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६