अर्थ-वाणिज्य

हरेकलाई ५० हजार राहत ,यातयात व्यावसायीहरुलाई ७३ लाख बितरण



सन्धिखर्क ५ असार ।  अर्घाखाँची जिल्लामा देऊराली यातायात अर्घाखाँची प्रा.लि.ले आफ्ना हरेक यातायात व्यावसायीहरुलाई ५० हजार राहात दिने निर्णय गरेको छ ।संस्थाको शनिबार बसेको बैठकले गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण मर्कामा परेको गाडी धनी, चालक, सह चालक र कर्मचारीहरुलाई ५० हजारका दरले कुल करिव ७३ लाख राहत बितरण गर्ने निर्णय गरेको हो ।जसमा  प्रति गाडी धनी ४३ हजार, चालकको लागि प्रति चालक ५ हजार, सह चालकको लागि प्रतिव्यक्ति २ हजार र कर्मचारिहरुको लागि प्रतिव्यक्ति ५ हजार राहत दिईने बताइएको छ । 

यस्तै यातायात व्यावसाय धरापमा परेको भन्दै स्वास्थ्य मापदण्ड पालाना गरेर खोल्न दिन माग गरेको छ । देउराली यातायातले मोटरबाटोको सुधार बिस्तार र कालोपत्र हुँदा अहिले जिल्लाका ६१ वडा सहित काठमाडौ बुटवल पोखरा नेपालगंज कृष्णनगर संगै प्युठान, गुल्मी,पाल्पा, कपिलवस्तु,दाङ लगायतका स्थानहरुमा स्तरीय सेवा दिदै आएको छ । 

उता जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका थिए ।   

 

प्रकाशित : ५ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६