पर्यटन

तम्घासको थ्रिडी पार्कलाई कसले बनायो बेवारिसे ?



गुल्मी १३ असार लुम्विनी प्रदेश सरकार र स्थानीय पालिकाको वराबर लगानीमा निर्माण भएको रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्कलाई जनप्रतिनिधीले नै वेवारीसे वनाएको पाइएको छ । संरक्षण र संचालनको अभावम अहिले खुला सौचा गर्ने पार्कका  रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन । पार्कमा स्थानीयको मनपरि चलको छ। पार्कमा जानेहरुले फोहोर गर्ने, शौच गर्ने गरेको पाइएको छ। प्रवेशद्वार गेट भाँचिएको छ। अन्य संरचनाहरु पनि भत्किन थालेका छन्।

रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपैयाँमा पार्क निर्माण गरिएको हो। पहिले  लाँकुरी मञ्चको नाममा चिनिने उक्त स्थलको अहिले पहिचान गुमाएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे बताउँछन्। विभिन्न संघ संस्था, संगठन र दलहरुले त्यस मञ्चमा उभिएर सरकारलाई खबरदारी गर्ने वर्षौंको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको पाण्डको आरोप छ। उनले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्ने बताए। 

रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले वडाध्यक्ष र उपभोक्ता समितिको अध्यक्ष पार्क सञ्चालनबारे गम्भीर नभएको आरोप लगाएका छन्। पार्क निर्माणका लागि वडाध्यक्ष भरत भलामीले नै प्रस्ताव ल्याएका कारण बजेटको व्यवस्थापन गरे पनि उनीहरुले नै नगरपालिकालाई हस्तान्तरण नगर्नु दुःखद भएको भुसाल बताउँछन्। वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षलाई छिटो हस्तान्तरण गर्न पत्र काट्दा समेत आनाकानी गरेकाले साउनपछि हस्तक्षेप गरेरै भए पनि सञ्चालनमा ल्याउने उनले दाबी गरे।  

प्रकाशित : १३ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६