अर्थ-वाणिज्य

डा.शंकर भण्डारी रहेनन् : कार दुर्घटनामा मृत्यू



बुटवल १६ असार ।  रुपन्देहीको देवदहमा मंगलबार साझ भएको सवारी दुर्घटनामा परि कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा शंकर भण्डारीको मृत्यु भएको छ ।रुपन्देहीको तिलोत्तमा २ योगिकुटी निवासी अन्दाजी ५२ बर्षिय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई हुन् ।परिवार सहित काठमाण्डौमा बस्दै आएका भण्डारी बुवाको बार्षिक स्मृतीको कार्यक्रममा सहभागीहुन गएको आईतवार रुपन्देही आएका थिए ।

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी डा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।चरङ्गे मुढाबास भन्ने स्थानमा आउँदा कल्भर्टबाट ठोक्किएर उक्त कार पानीको रहमा खसेको थियो । राती साढे ८ बजेतिर भएको दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले भण्डारीसगै उनका आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको बताए ।

प्रकाशित : १६ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६