अर्थ-वाणिज्य

बुटवलको प्रादेशीक र वाँकेको भेरी हस्पीटलमा तेश्रो संक्रमणको पूर्वतयारी शुरु



बुटवल १७ असार ।केही दिनयता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा फेरि अस्पतालमा बिरामीको चाप बढ्न थालेको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो पाँच दिनदेखि सक्रिय संक्रमितको संख्या फेरि उकालो लागेको छ । जिल्लामा बुधबारमात्रै ४४ जना नयाँ संक्रमित थपिएका थिए, जुन पछिल्लो १६ दिनयताकै सबैभन्दा धेरै हो ।

संक्रमण बढ्दै गएकाले अस्पतालमा चाप बढ्न थालेको  डा. नन्दु पाठकले बताए । अस्पतालमा अहिले १२ जना आइसीयु तथा २६ जना जनरल र एचडीयुमा उपचाररत छन् । यो संख्या एक हप्ताअघिको भन्दा ३० प्रतिशत जतिले धेरै हो । एक साताअघिसम्म आइसीयुमा ७÷८ जना र जनरल तथा एचडियुमा १६/१७ जनाको उपचार भइरहेकोमा अहिले अस्पताल आउने बिरामीको संख्या केही बढ्न थालेको हो ।  जिल्लाभर संक्रमण बढिरहेकाले जिल्लाका अन्य अस्पतालमा पनि चाप बढ्न सक्ने संकेत देखिएको छ । 

यता कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् । बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार, तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ । 

उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्व तयारीलाई अगाडि बढाएको छ । कोरोनाको दोस्रो लहरमा करिब एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी शुरु गरिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्र गतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा.श्रेष्ठले बताए । १ सय ३० शय्याको यो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ । अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन् । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरुपको पूर्वतयारी शुरु गरेको बताइएको छ । 

प्रकाशित : १७ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६