अर्थ-वाणिज्य

तुलसीपुरको ३ अर्व ४० लाखको वजेट पारित :अनौठा कार्यक्रम सामाबेश



तुलसीपुर,२५ असार  । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै तुलसीपुर उपमहानगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैयँको बजेट प्रस्तुत गरेको थियो ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको नगरसभामा उप प्रमुख माया शर्माले बजेट पारितका लागि प्रस्ताव नगरसभामा प्रस्ताव राख्नु भएको थियो । त्यसैगरी आर्थिक, विधयक, विनियोजित विधयक सर्वसहमतिले पारित गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन ।

बजेट र विधयक पारित भएपछि अब कार्यान्वयनको चरणमा जाने भएको छ । त्यसैगरी बर्षात र कोरोनाको विपतीमा जुट्नका लागि संकल्प पारित गर्दै नगरवासी, सामाजिक संघसंस्थाहरु,तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर, चेम्बर, सुरक्षा निकाय सबैमा अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी लालपुर्ज वितरणका लागि भूमि व्यवस्थापनका लागि वडामा थन्किएका फाईलको तत्काल अध्यन गरेर प्रकया अघि बढाउने निर्णय समेत गरिएको छ । नगरसभामा आर्थिक समितिका संयोजक माधव वलीले आर्थिक विधेयक, लेखा समितिका संयोजक राजु आचार्यले विनियोजन विधेयक प्रस्तुत गरेको उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिएका छन

प्रकाशित : २५ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६