प्रदेश

अस्थिरताको दुस्चक्रमा देश फसेको मुख्यमन्त्रीको टिप्पणी : यूवासंघ फैसला विरुद्ध सडकमा



बुटवल २९ असार ।  सर्वोच्च अदालतले प्रधानमन्त्रीद्वारा विघटित प्रतिनिधि सभा पुनस्थापना गर्ने आदेश जारी गरेसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाउनु भएको छ  । सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिदैं उहाले अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुग्ने बताउनु भएको छ  ।

आदेशले ‘सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुष्चक्र वेहोर्नु पर्ने’ दावी उहाले गर्नु भएको छ  ।  पोखरेलले लेख्नु भएको छ -‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात, सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नु पर्नेभो ।’ यता सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना र शेरबाहदुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

  सोमबार फैसला आएको केहीबेरमा नेकपा(एमाले)का नेता महेश बस्नेतले देशभरबाट आन्दोलनका लागि उठ्न आह्वान गरेका थिए । उनले फेसबुकमार्फत् तुरून्तै भेला भएर प्रदर्शन गर्न निर्देशन दिएका थिए । त्यसको केहीबेरमा कार्यकर्ताहरू काठमाडौं लगायत देशका केही स्थानमा विरोध प्रदर्शन गरेका छन् । बुटवलको राजमार्ग चौराहमा भेलाभएका केही कार्यकर्ताहरुले ‘गैर संवैधानिक परमादेश खारेज गर’ भन्दै प्रदर्शमा उत्रिएका थिए ।  प्रहरीले त्यसैअनुसार प्रहरी  समेत परिचालन गरेको थियो । 

प्रकाशित : २८ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६