अर्थ-वाणिज्य

बिपक्षी गठबन्धनमा नबस्ने ,सरकारमा नजाने माधव नेपालको घोषणा



काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।विपक्षी गठबन्धनको आज (सोमबार) को बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधै सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन देउवालाई सुझावसहित शुभकामना दिएका हुन् ।

बैठकपछि एमाले नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गरेर पत्रकारहरुलाई सुनाएका थिए । ‘संविधान, लोकतन्त्र र विधिको लागि मैले सधै लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानु पर्नेछ । बदलिएको परिस्थितिमा नेकपा एमालेसँग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नु हुने विश्वास लिएको छु’, नेपाललाई उधृत गर्दै पन्तले भने ।

बैठकमा सरकार गठन र पावर सेयरिङका विषयमा छलफल भएको थियो । नेपालले सर्वोच्चको फैसलापछि एमालेको अहिलेको परिस्थितिमा परिवर्तन आउनसक्ने सम्भवना यथावत रहेको भन्दै सुझबुझपूर्ण ढंगले अगाडि बढ्न देउवालाई सुझाएको बताइएको छ ।पन्तले हस्ताक्षर फिर्ता नलिने विषय सर्वोच्च अदालतको फैसलासम्म भएको बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको पाँच दलिय विपक्षी गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पन्तले हस्ताक्षर फिर्ता नलिने विषय सर्वोच्च अदालतको फैसलासम्म भएको बताए ।

पन्तले गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने उल्लेख गर्दै पहिला पार्टीलाई र त्यसपछि सिंगो मुलुकको राजनीतिलाई एकताबद्ध बनाउने बताए । ‘गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन, हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेलसम्मका लागि मात्रै हो,’ उनले भने, ‘अब पार्टीले जे भन्छ त्यहि गर्छौँ, सिंगो एमालेलाई एकताबद्ध बनाउने हाम्रो प्रयास हो ।’

प्रकाशित : २८ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६