अर्थ-वाणिज्य

मानव अधिकार बर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समिक्षा



कपिलवस्तु २८ असार । मानव अधिकार बर्ष पुस्तक  २०२२ को अर्धवार्षिक पूर्व समिक्षा तौलिहवामा गरिएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२२ अर्ध वार्षिक पुर्ब समिक्षा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजनामा भएको हो । समिक्षामा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मानव अधिकार हनन् र उलंघनका घटना प्रति स्थानीय प्रशासन गंभिर र संवेदनशिल रहेको वताउनु भयो ।

अधिकार हननका केस आएमा उच्च प्राथमिकताका साथ हेर्न राज्य सम्वद्ध सबै निकाय अग्रसर रहने उहाले प्रतिवद्धता जनाउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दान बहादुर कार्कीले बोल्दै अदालत प्रहरी ,सरकारी वकिल स्थानीय तह जहा गएर भएपनि अधिकार हननका घटनाहरु राज्यको दायरामा आउने गरी दर्ता गराउन इन्सेक जस्ता अधिकार कर्मी सस्थाको ठूलो भूमिका हुने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा मानव अधिकार निगरानी समुहका जिल्ला संयोजक पुस्पा रेग्मीको अध्यक्षता , सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली , सरकारी किल कार्यालयका दामोदर गौतम , प्रहरी प्रबक्ता धर्मराज भण्डारी , जिल्ला कानुनी सहायता समितिका राजु कुमार श्रीवास्तव, गैसस महासङका प्रबिन कुमार श्रीवास्तब, माहुरी होमका अध्यक्ष रबिन्द्रनाथ ठाकुर, नेपाल पत्रकार महासङका पार्वती पाण्डे  लगायतले अर्ध बार्षिक  पुर्ब समिक्षामा प्रस्तुत प्रतिबेदन माथी शुझाव दिनु भएको थियो।उहाहरुले इन्सेकले प्रकाशन गर्ने बर्ष पुस्तक अन्तराष्ट्रिय महत्वको आधिकारीक दस्तावेजको रुपमा रहने वताउनु भएको थियो । 

इन्सेकले हरेक वर्ष नेपाल मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आएको र प्रकाशन पूर्व समीक्षा गरेर घटनाको विश्वासनीयता वढाउन इन्सेक दृढ रहेको सस्थाका प्रतिनिधी पार्वती अचार्यले वताउनु भयो । समिक्षा प्रतिबेदन इन्सेक प्रतिनिधी पार्वती आचार्यले पेश गर्नु भएको थियो । 

प्रकाशित : २८ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६