प्रदेश

अर्घाखाँचीवाट फरार बन्जाडे चितवनवाट पक्राऊ



अर्घाखाँची २९ असार ।६ वर्षअघि दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ का तुलबहादुर बन्जाडे पक्राउ परेका छन् । २०७२ साल कात्तिक ६ गते बेलुका जाँडरक्सी खाएर घर पुगेका बन्जाडेले श्रीमतीसँग विवाद भएपछि राति आफ्नै घरमा आगो लगाएका थिए । आगलागीबाट घर जलेर ध्वस्त भएको थियो । श्रीमती र दुई छोरी भने घरबाहिर रहेकाले बाँचेका थिए ।

आगलागीबाट एउटा भैँसी र चार वटा बाख्रा समेत जलेर मरेका थिए । घरमा आगो लगाएर भागेका तुलबहादुरलाई प्रहरीले जङ्गलबाट पक्राउ गरेको थियो । केही दिन पछि धरौटीमा छुटेका तुलबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले  ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि उनी फरार थिए ।  उनलाई  चितवनको भरतपुर महानगरपालिका वडा नं ११ अमनचोकबाट गएको शुक्रवार पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

प्रकाशित : २९ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६