जीवनशैली

लुम्विनी प्रदेशमा आजवाट भेरोसेलको पहिलो मात्रा लगाउन शुरु



दाङ २९ असार । सरकारले मंगलबारदेखि लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । चिनबाट आएको उक्त खोप वाग्मती,गण्डकीमा पनि प्रदान गर्ने भएको हो ।भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक,सार्वजनिक यातायातका चालक र सहचालक,विश्विविद्यालय र विद्यालयका शिक्षकरकर्मचारीलाई खोप दिन छ, भने अमेरिकी खोप जेन्सेन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विदेश जानेहरुलाई पनि खोप लगाइने विभागका खोप शाखा प्रमुख डा .झलक गौतमले बताए ।त्यस्तै, पूर्ण र अति अशक्त अपांगता वर्ग क र ख भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।कोभीड खोपको अबको योजना जिल्लाहरुले यही बमोजिम पालिकाहरूसंग समन्वय गरी सुक्ष्म योजना तयार गरी छिट्टै शुरू हुन्छ ।

प्रकाशित : २९ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६