अर्थ-वाणिज्य

जनतामा आधा दर्जन रोजगार मूलक कोर्ष :लुम्विनी प्रदेश कै आकर्षक प्राविधिक हव



कपिलवस्तु ३१ असार ।प्रदेशकै उत्कृष्ट घोषित वाणगंगा नगरपालिका २ मा रहेको जनता मावि पिपरामा आधा दर्जन बढी रोजगार मूलक प्राविधिक शिक्षाका संकाय एकैसाथ संचालनमा आएका छन् । जसका कारण बुटवल पछिको यस क्षेत्रको ठूलो प्राविधिक शिक्षाको हव कपिलवस्तु बन्न पुगेकोछ । केहि वर्ष अधि सम्म कपिलवस्तु शिक्षामा पछि परेको भनेर चर्चा हुदै जाँदा यहाको एक नमुना मावि जनता माविले एकैसाथ आधा दर्जन वढी संकायका प्राविधिक विषयहरु चलाएर शैक्षिक हवको रुपमा उदयमान हुन पुगेको छ ।

राजमार्गको सहज पहुचमा रहेका र भौतिक संरचना तथा बुटवलमा समेत नभएका स्तरीय  प्राविधिक ल्यावका कारणले यो मावि लुम्विनी प्रदेशकै आकर्षक प्राविधिक शिक्षालयको रुपमा स्थापित हुन पुगेको हो । यस माविले चलाएका प्राविधिक डिप्लोमा कोर्ष अध्ययन गर्न बुटवलमा फरक फरक शैक्षिक सस्थाहरु चाहार्नु पर्छ । तर यहा भने एउटै सस्थामा आधा दर्जन प्राविधिक र रोजगार मुलक कोर्षमा अध्ययन गर्न पाइने भएको हो ।  

विद्यालयमा प्राविधिक तर्फ डिप्लोमा कोर्षमा फरेष्टी , अमिन ,एजिभेट , सिभिल इन्जिनियरिङ गत वर्ष देखि नै सञ्चालनमा आएका छन् भने आरकीटेक्टर इनजीनियरिङ ,एजी प्लान्ट शुरु गर्ने तयारीमा रहेको विद्यालयका प्रअ रमेश पन्थिले बताउनु भयो । संघ र प्रदेश दुबै तर्फवाट एकैसाथ  कसरी उत्कृष्ट बनाउन सफल हुनु भयो भन्ने वुद्धदर्पणले राखेको प्रश्नमा उहाँले अगाडि भन्नु भयो , “ विद्यालय उत्कृष्ट हुन १० वटा सुचक पार गर्नु पर्ने हुन्छ , विद्यार्थी संख्या , शैक्षिक उपलब्धी ,पुर्वाधारहरु , मानव विकासको अवस्था , शिक्षकको संख्या, शैक्षिक सामग्री , ल्याब लयायतका सुचकमा  विद्यालयले राम्रो अवस्था वनाएकाले यो सफलता मिलेको हो। सबै सुचकको आधारमा विद्यालयले  १ सय पुर्णाङकमा ९० भन्दा माथि अंक प्राप्त गरेकोले सफलता हासील गरेको हो , उहाँले भन्नु भयो ।

यसमा विद्यालयका विभिन्न शिक्षक शिक्षिकाहरु , व्यवस्थापन समिति , विद्यार्थी सबैको उत्तिकै देन रहेको छ । विशेष गरि कपिलवस्तुमा प्राविधिक शिक्षा नभएको परिवेशमा केहि गरौं भन्ने भावनाले प्राविधिक शिक्षा तर्फ ध्यान दिएको हो  । सर्वसुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य बोकिएको छ । यहि प्राविधिक शिक्षा अध्ययनका लागि ठुलो रकम खर्चेर जिल्ला वाहिर जानु पर्ने अवस्था नआओस भन्ने पनि हो । प्राविधिक शिक्षाले छात्राहरुलाई पनि ठुलो अवसर मिलेको छ । धैरै जसो अभिभावकहरुले धैरै रकम खर्चिएर छोरीहरुलाई जिल्ला वाहिर पनि पठाउन चाहानु हुन्न । छोरीहरुको अध्ययनको लागि प्राविधिक शिक्षा ठुलो अवसर पनि हो प्रअ पन्थिले भन्नु भयो ।

जिल्लाका सबै अभिभावकहरुलाई पनि आफ्नै घरदैलोको विद्यालयमा प्राविधि शिक्षामा छोरा , छोरी दुबैलाई पढाउन उहाँले आग्रह गर्नु भएको छ ।  प्राविधिक शिक्षा शुरु भए पछि मुगु , हुम्ला जुम्ला , कालिकोट बाट विद्यार्थी अध्ययन गर्न आएका छन । प्राविधिक शिक्षामा अब्बल बन्दै गएको जनता मावि कपिलवस्तुको लागि गौरब भएको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाईले बताउनु भयो । गुणस्तरिय शिक्षा निरन्तरताका लागि विद्यालयमा  सरकारको विशेष ध्यान जानु पर्ने बताउनु भयो । प्राविधिक धारको एउटा कोर्षको वार्षिक शुल्क ६० हजार मात्र लिने गरिएको छ ।  इन्टान्समा नाम निकाल्न सक्नेले भने निशुल्क अध्ययन गर्न पाउने छन ।   २०१८ सालमा स्थापना भएको विद्यालयमा २ हजार ३ सय ४७ विद्यार्थी रहेका छन । 

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६