प्रदेश

बालगृहका बेसाहरा बालकहरुलाई एक लाखको खाद्यान्न हस्तान्तरण



कपिलवस्तु १ साउन।लामो लकडाउनका कारण समस्यामा परेको भन्दै कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहारा २९ बालकहरुलाई खाद्यान्न बितरण गरिएको छ । चुजी फाउन्डेशन ताईवानले बिहीवार बालगृहमा झन्डै एक लाखको खाद्यान्न बाडेके हो । भिक्षुु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले नेपाल बाल संगठनका जिल्ला अध्यक्ष गोपालमणि ज्ञवालीलाई सो खाद्यान्न हस्तान्तरण गरेका थिए । बालगृहका २९ बालकहरुलाई झन्डै दुई महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराईएको हो ।

प्रति बालक २५ किलो चामल, ५ किलो पीठो, दाल, चना, नुत तेल साबुन लगायतका सामाग्री दिइएको हो । सो अवसर भिक्षु मैत्रेयले चुजी फाउन्डेशनले नेपाल र बिश्वका बिभिन्न स्थानमा बिपदमा राहत बाडने तथा अन्य आवश्यक सामाग्री उपलब्ध गराउदै आएको बताउनुभएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी साउ गुप्ता ले कोभिडका बेला चुजी फाउन्डेशनले कपिलवसतुमा स्वास्थ्य सामाग्री सहित राहत बितरण तथा अन्य सामाग्री उपलब्ध गराएर निकै पुन्यको काम गरेको बताउनुभएको छ ।

सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफुले पनि बालगहृका बालबालिकाहरुलाई निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।साझा प्रयास अभियानका संयोजक रबि ठाकुरले चुजी फान्डेशनको सहयोमगा कोभिडका कारण मारमा परेको साढे ८ सय बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न बाडिने बताउनुभयो । रबि ठाकुरको अध्यक्षता राम प्रसाद अर्यालको संचालनमा भएको कार्यक्रममा बाल संगठन अध्यक्ष ज्ञवाली, साझा प्रयास अभियानका सचिव राजेशे ज्ञवाली लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६