अर्थ-वाणिज्य

साझा प्रयास अभियानलाई ५० प्रतिशत तलव दिने मेयरको घोषणा



कपिलवस्तु १ साउन । साझा प्रयास अभियान कपिलवस्तुको  अक्सिजनमैत्री अभियान अहिले सम्म जारी रहेको छ ।  अक्सीजन बिना कोही मर्न न परोस र  स्वास्थ्य सामग्री को अभावमा कोही उपचार बाट बन्चित हुन न परोस भनदै साझा प्रयास अभियानले गरेको आह्वानमा  ऐक्यवद्धता जनाउदै महाराजगंज नगरपालिकाका  मेयर अबदुल कलामले साउन १ देखि १ वर्षको तलवको ५० प्रतिशत उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ ।

सो क्रममा मेडिकल आक्सीजन कन्सन्ट्रेटर १० लीटरको थान १ महाराजगंज नगरपालिकालाई अभियानका तर्फवाट हस्तान्तरण  गरिएकोछ । नगरपालिकाका मेयर कलामलाई अभियानका संयोजक रवि ठाकुरले हस्तान्तरण गर्नु भएको हो  बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को कोभिड दोश्रो लहरको प्रतिकार्य र कोभिड तेश्रो लहरको बचाव कार्य अन्तर्गत यात्रा जारी नै रहेको साझा प्रयास अभियानका संयोजक  ठाकुरले वताउनु  भयो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै दोश्रो लहरबाट पार पाउन सामाजिक तथा ब्यवसायिक संस्थाहरु संग कोर्डिनेशन मिटिंग गरी आक्सीजन सिलिंडर, स्वास्थ्य सामग्रीको उपलब्धता गराउने कार्य गरिएको जानकारी ठाकुरले गराउनु भयो ।  हस्तान्तरण कार्यक्रममा मेयर कलामले  अभियानलाई धन्यवाद दिदै आफुले पाउने पारिश्रमिक को ५० प्रतिशत  रकम आर्थिक सहयोग दिने घोषणा गर्नु भयो । 

साझा प्रयास अभियानलाई पालिकाले पनि सहयोग गर्ने बचनपनि दिनुभयो।  हस्तान्तरण कार्यक्रममा साझा प्रयास अभियानका कोषाध्यक्ष गोपाल भण्डारी, महाराजगंज नगर पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको अभियानका सचिव राजेश ज्ञवालीले वताउनु भयो । 

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६