अर्थ-वाणिज्य

कामवाटै देखाए मुख्यमन्त्री पोखरेलले लुम्विनीको सर्बाेच्चता



रुपन्देही ५  साउन  । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा शतप्रतिशत पुँजीगत खर्च गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । एमाले नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकारले यो बर्ष ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको हो ।यो प्रदेश विकास खर्च गरेर काम गर्नेमा देशकै पहिलो बनेको हो । 

‘लुम्विनी प्रदेशले आर्थिक वर्ष २०७७/७८मा विनियोजित बजेटको पूँजीगत तर्फ शतप्रतिसत नतिजा दिन सफल भएको छ । योगदान गर्ने सबैलाई बधाई,’ पूँजीगत खर्चबारे जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले करिव शतप्रतिशत पूँजीगत खर्च गरेर अन्य प्रदेशभन्दा अगाडि रहेको बताउनु भयो । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले लुम्बिनी प्रदेशले इतिहास रचेकोसमेत बताउनु भयो ।

आर्थिक वर्ष २०७७/०७८ मा पूँजीगततर्फ बिनियोजित रकम १८ अर्व ६१ करोड ९९ लाख ५२ हजारमध्ये १८ अर्ब ५१ करोड २७ लाख २७ हजार ६ सय ८२ रुपैयाँ अर्थात ९९ दशमलव ४२ प्रतिशत खर्च भएको मन्त्रालयको भनाइ छ । प्रदेश सरकारले चालू खर्चतर्फ ७७ दशमलव ५६ प्रतिशत र ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरी औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट तथा कार्यान्वयनमा गरी इतिहास रचेको चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले कार्यक्रमको भौतिक प्रगतितर्फ उत्साहजनक प्रगति भएको र साउनको दोश्रो साताभित्रै प्रदेश सरकारले यसको समीक्षा गरी यथार्थ विवरण बाहिर ल्याउने बताउनुभयो । सडक, सिंचाई, पुलजस्ता पूर्वाधार निर्माण, कोभिड–१९ को नियन्त्रण र उपचार, प्रदेशको आवधिक योजना निर्माण र कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल भएको पनि उहाँले बताउनु भयो ।

प्रदेश सरकारले महत्वपूर्ण कानूनहरुको निर्माण र कार्यान्वयन, २० वर्षे दीर्घकालीन योजना निर्माणको प्रक्रिया प्रारम्भ, लगानी सम्मेलनको बृहत तयारी, एक घर एक धाराजस्ता महत्वपूर्ण कार्यक्रमहरु गरिएको छ । मन्त्री चौधरीका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा पूँजीगततर्फ बिनियोजन भएको १६ अर्व ६२ करोड ४३ लाख ९८ हजार मध्ये ६१ दशमलव १९ प्रतिशत र आर्थिक वर्ष २०७६र०७७ मा बिनियोजन भएको १८ अर्ब ५७ करोड ६४ लाख ७९ हजारमध्ये ७९ दशमलव २५ प्रतिशत खर्च भएको छ।

प्रकाशित : ५ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६