अर्थ-वाणिज्य

पढ्ने छात्राहरुलाई पालिकाको साइकल



रुपन्देही ९ साउन ।छात्राहरुलाई अध्ययनमा रुचि जगाउन र विद्यालयमै टिकाउन गैडहवा गाउँपालिकाले प्रोत्साहन स्वरुप ५१ जना छात्रालाई साईकल वितरण गरेको छ । गैडहवा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत् कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ५१ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । ८ कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने गाउँपालिका भरिका १७ वटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीलाई साईकल वितरण गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बछुलाल केवटले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा कतिपय छात्राहरु घरमा अभिभावकलाई सघाउने र त्यसपछि पैदल विद्यालय जाने गरेका कारण समयमै विद्यालय पुग्न नसकेको अवश्था रहेको बताउँदै उनले बितरित साईकलले थोरै भए पनि समस्या समाधान गर्ने बताए । अघिल्ला वर्षदेखी नै यो योजना ल्याउन खोजे पनि केही कठिनाईका कारण वितरण गर्न नसकेको उनले जनाए । साईकल पाएपछि छात्राहरुले पनि अब आफ्नो दैनिकी केही सहज हुने बताएका छन् ।

प्रकाशित : ९ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६