जीवनशैली

२ नवालकले २६ बर्षकी महिलालाई मारेको पूस्टी:दबै पक्राउ मुद्धा चलाउने तयारी



रुकुम पश्चिम १५ साउन/ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका-४ का १५ र ११ वर्षका दुई जना नाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो ।             सोमवार राति मनकलाको त्रिवेणी गाउँपालिका-३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उनको खोजी भएको थियो ।मनकलाको शव गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल भेटिएको थियो 

बुधवार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा नाबालकद्वयले धारिलो हतियार (खुर्पा)प्रहार गरी मनकलाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताएका छन्।

उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहनासमेत लिएको डीएसपी श्रेष्ठले बताएका छन् । १५ वर्षीय बालकको घरबाट सुनको कानबाली दुई थान, मुन्द्री दुई थान, नाकको फुली एक थान र हँसिया (खुर्पा) एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६